क्रिकेटखेलकुद

डब्लुसीएल लिग २: ज्ञानेन्द्र मल्लको ५० रन

डब्लुसीएल लिग २: ज्ञानेन्द्र मल्लको ५० रन

२६ माघ २०७६ काठमाडौँ : डब्लुसिएल लिग २ अन्तर्गत किर्तिपुर अन्तरास्ट्रिय मैदानमा जारि खेलमा पहिले ब्याटिङ पाएको नेपालले १०० रन पुरा गरे संगै कप्तान ज्ञानेन्द्र मल्लले ५० रन पुरा गरेका छन् ।

मल्लले ७० बल खेल्दै ५३ रन जोड्न सफल भएका हुन्। मल्लले बिगत लामो समय देखि मल्लले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। ३२ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाउदै १४३ रन जोड्न सफल भएको छ।

ओपेनिङ ब्याटमेन का रुपमा आएका सुबाश खकुरेलले ४२ बलमा २२ रन जोडेर आउट हुन पुगेका थिए भने त्यस लगत्तै आएका पारस खड्काले राम्रो परि खेल्दै नेपाललाई १०० रन जोड्न मध्हत पुर्याएका छन्। खड्काले २८ बलमा ३३ रन जोड्दै नेपाललाई १०२ रन बनाउन सफल रहे। ओपेनिङ ब्याटमेनका रुपमा आएका कप्तान ज्ञानेन्द्र मल्ल ७६ बलमा ५६ रन जोड्न सफल भएका छन्। दिपेन्द्र सिंह ऐरी ले ३ बल खेले भने कुनैपनि रन जोड्न सफल भएनन्। त्यस्तै अहिले क्रिजमा आरिफ सेख १६ बल खेल्दै १० रन जोडेर टिकी रहेका छन् भने कुशल मल्ल ११ बलमा १० रन जोडेर खेलिरहेका छन्।