त्रीकोणात्मक सिरिज: नेपाली राष्ट्रिय क्रिकेट टोलिको घोषणा (सूचीसहित)
त्रीकोणात्मक सिरिज: नेपाली राष्ट्रिय क्रिकेट टोलिको घोषणा (सूचीसहित)
१० माघ २०७६ काठमाडौँ: विश्व कप लिग २ का लागि नेपालले राष्ट्रिय क्रिकेट टोलिको घोषणा गरेको छ । यही माघ २२ देखि कीर्तिपुरमा हुने ट्राई सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो। त्रिकोणात्मक सिरिजको अन्तिम १४ सदस्य टोलीमा कमल सिंह ऐरीले पहिलो पटक स्थान सफल भएका छन् ।
बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्य टोली घोषणा भएको हो । तीव्र गतिका बलर सोमपाल कामी टोलीमा छैनन् । चोटका कारण सोमपाल कामी टोलीमा समाबेस गरिएको छैन् ।
त्रीकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने
नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका :
माघ २२ : नेपालविरुद्ध ओमान
माघ २३ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका
