कोरोना प्रभाब: विश्वकप छनोटका खेलहरु सर्ने सक्ने
कोरोना प्रभाब: विश्वकप छनोटका खेलहरु सर्ने सक्ने
२२ फागुन २०७६ : फिफा विश्वकप एसिया छनोट अन्तर्गत नेपालमा हुने खेलहरु सर्ने सक्ने सम्भवना रहेको छ । अर्को महिना दशरथ रंगशालामा हुने विश्वकप छनोटका खेल कोरोनाका कारण सरर्न सक्ने सम्भावना रहेको छ ।
विश्वकपको छनोट खेलहरु सारर्ने चिन ,जपान र अष्ट्रेलियाले फिफालाइ आग्रह गरेको छ। नेपालले विश्व कप छनोट अन्तर्गत चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय भएको छ ।
विश्व कप छनोटका ८ मध्ये ५ खेल देश बाहिर खेलेको नेपालले बाँकी ३ खेल दशरथ रंगशालामा खेल्ने तयारीमा छ ।
विश्वमा कोरोनाको सक्रम बददै गएको कारणले विश्वकपको छनोट खेलहरु सार्ने चिन,जपान र अष्ट्रेलियाले फिफालाइ आग्रह गरेका हुन् ।
चिनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म तीन हजार भन्दा बढी मान्छेको मृत्यु भइसकेको छ ।
नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो भने नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।
