खेलकुदफुटबल

अपराजित लिभरपुलको संघर्षपूर्ण जित

अपराजित लिभरपुलको संघर्षपूर्ण जित

४ फागुन २०७६ एजेन्सी: इंङ्लिस क्लब लिभरपुलले हिजो राति भएको खेलमा संघर्षपूर्ण जित दर्ता गरेको छ । सनिबार राति भएको खेलमा नोर्विचसिटि माथि १-० को संघर्षपूर्ण जित दाता गरेको छ ।

इंङ्लिस क्लब लिभरपुललाइ जित दिलाउन साडियो मानेले महत्पूर्ण एक गोल गरेका छन् ।लिभरपुलका लागि साडियो मानेले ७८ मिनेटमा गोल गर्दै आफ्नो टिम लिभरपुलाई जित दिलाएका छन् । लिभरपुलक लागि साडियो माने वैकल्पि खेलाडीको रुपमा भित्र छिरेका थिए ।

साडियो मानेले ६० औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनको ठाउँमा मैदान भित्र छिरेका थिए। साडियो मानेले पछिल्लो २ खेल चोटका कारण टिम बाहिर रहेका थिए ।

अपराजित लिभरपुलले इंङ्लिस प्रिमियर लिगमा आफ्नो अपरार्जित यात्रालाइ क्य्मै राखेको छ ।लिभरपुलको २६ खेलबाट ७६ अंक रहेको छ । लिभरपुललाई उपाधि जित १२ खेल मध्य ५ खेल जिते पुग्छ । लिभरपुल दोस्रो स्थानको म्यानसिटि भन्दा २५ अंक अगाडी रहेको छ ।

लिभरपुलसंग पराजित नोर्विच सिटिलाइ रेलिगेसन्को खतरा रहेको छ । २६ खेल खेलेको नोर्विच सिटि १८ अंक रहेको छ ।