लिभरपुलको अपराजित यात्रामा पूर्णविराम, सिजनकै पहिलो हार
लिभरपुलको अपराजित यात्रामा पूर्णविराम, सिजनकै पहिलो हार
१८ फागुन २०७६ एजेन्सी: इग्लिश क्लब लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सनिबार राति भएको खेलमा वाटफोर्ड सँग ३-० ले पराजित हुँदै अपराजित यात्रामा पूर्णविराम लागेको हो। वाटफोर्डको जितमा इस्माइलाले दुइ गोल र कप्तान ट्रोए डेनिलले एक गोल गरेका थिए ।
लिभरपुल र वाटफोर्डको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा वाटफोर्डले ३ गोल गर्न सफल भएको थियो । सराले पहिलो दोस्रो हाफको ५४ मिनेटमा गरेका थिए त्यस्तै दोस्रो गोल ६० औं मिनेटमा फेरी इस्माइलाले दोस्रो गोल गर्दै वाटफोर्डको अग्रतालाइ २-० ले अघि बढाए ।
त्यस्तै खेलको ७२ औं मिनेटमा कप्तान ट्रोए डेनिलले गोल गर्दै वाटफोर्ड ३-० को जित दर्ता गर्न सफल भयो ।
