बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा
बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा
१३ माघ २०७६: बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा भालाडोलिडलाई पराजित गर्दै रियल मड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १-० को जित दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा नाचोले ७८ औ मिनेटमा महत्पूर्ण गोल गर्दै रियल मड्रिडलाइ जित दिलाए । टोनी क्रुसको पासलाई सदुपयोग गर्दै नाचोले ७८ औ मिनेटमा महत्पूर्ण गोल गरेका थिए ।
जितसँगै रियल मड्रिडको २१ खेलबाट ४६ अंक पुगेको छ । २१ खेलबाटै बार्सिलोनाको ४३ अंक रहेको छ।बार्सिलोना शनिबार राति भ्यालेन्सियासँग २–० ले स्तब्ध भएको थियो। भालाडोलिड २२ अंक जोडेर १६औं स्थानमा छ ।
