आखिर किन सिटीलाई लाग्यो दुई सिजनको प्रतिबन्ध र ३० मिलियन युरो जरिमाना
आखिर किन सिटीलाई लाग्यो दुई सिजनको प्रतिबन्ध र ३० मिलियन युरो जरिमाना
३ फागुन २०७६ एजेन्सी: प्रिमियर लिग क्बल म्यानचेस्टर सिटीलाई २ बर्षको प्रतिबन्ध लागेको छ । प्रिमियर लिग क्बल म्यानचेस्टर सिटीलाई आगामी सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको हो ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले म्यान सिटीले क्लब लाइसेनिङ र आर्थिक पारदर्शिता सम्बन्धी नियमको गम्भीर उल्लंघन गरेकाले प्रतिबन्ध लगाएको हो । म्यानचेस्टर सिटीलाई प्रतिबन्धसँगै ३० मिलियन युरो जरिमाना लागेको छ ।
प्रतिबन्धपछि सिटीले च्याम्पियन्स लिग, युरोपा लिगमा सहभागिता जनाउन पाउनेछैन भने इंग्ल्याण्डको घरेलु प्रतियोगिता खेल्नका लागि उसलाई कुनै रोकतोक हुनेछैन ।
प्रतिबन्धपछि म्यानचेस्टर सिटी प्रतिबन्धविरुद्ध खेल अदालत जाने बताएको छ । तर यो प्रतिबन्ध सिटीको महिला टिममाथि भने लागु हुनेछैन ।