खेलकुदफुटबल

ए डिभिजन लिगको नयाँ च्याम्पियन, त्रिभुवन आर्मी या मछिन्द्र क्लब ?

ए डिभिजन लिगको नयाँ च्याम्पियन, त्रिभुवन आर्मी या मछिन्द्र क्लब ?

३ फागुन २०७६ काठमाडौँ: सहिद स्मारक ए डिभिजन लिगमा आज सनिबार अन्तिम खेल हुँदै छ। आजको अन्तिम खेलमा त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्ने छन् । आजको खेलमा विजेता हुने टोलीले ए डिभिजन लिगको उपाधि हात पर्ने छ । त्रिभुवन आर्मी र मछिन्द्र क्लबको खेल दशरथ रंगशाला त्रिपुरेश्वरमा १:३० बजे देखि हुँदै छ।

त्रिभुवन आर्मी र मछिन्द्र क्लबलाई आज नँया च्याम्पियन रुपमा हेर्न सकिन्न छ । यी दुवै टोलीले अहिले सम्म ए डिभिजन लिगको उपाधि हात परेको छैन् ।

शनिबारको खेलमा आर्मीले उपाधि जित्न बराबरी मात्र गरे पुग्नेछ भने मछिन्द्रले जित्नैपर्ने दबाब रहेको छ । १२ खेलको सकिसक्दा आर्मीको २९ अंक रहेको छ। मछिन्द्र क्लब भने दोस्रो स्थानमा रहेको छ । मछिन्द्र क्लबको २८ अंक रहेको छ । १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भएपनि मछिन्द्र १ अंकले पछी छ‌ । गत वर्ष लिगमा अंकतालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष एक अंक घटाइएको थियो ।

आजको खेलमा मछिन्द्र क्लबले नेपाली टिमका बिमल घर्ति मगरलाइ खेलाउदै छ ।