एस्टन भिल्लाको पोस्टमा म्यानचेस्टर सिटीको ६ गोल, अगुएरोको ह्याट्रिक
एस्टन भिल्लाको पोस्टमा म्यानचेस्टर सिटीको ६ गोल, अगुएरोको ह्याट्रिक
२८ पौष २०७६ एजेन्सी: चोट मुक्त हुदै खेलमा फर्किएका म्यानचेस्टर सिटी तथा अर्जेन्टिनाका फरवार्ड सर्जियो अगुएरोले एस्टन भिल्लाबिरुद्धको खेलमा ह्याट्रिक प्रहार गरेका छन्। गए राति भएको खेलमा एस्टन भिल्लालाई म्यानचेस्टर सिटीले ६ -१ ले पराजित गरेको छ। म्यानचेस्टर सिटीको लागि सर्जियो अगुएरोले ह्याट्रिक गोल गरे भने रियाद महरेजले दुई गोल र जिससले एक गोल गरेका थिए। एस्टन भिल्लाका अनवर एल घाजीले एक गोल फर्काएका थिए ।
रियाद महरेजले खेलको १८औ र २४औ मिनेटमा व्यक्तिगत २ गोल गर्दै सिटीलाई अग्रता २-० को अग्रता दिलाए । २८औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीलाई खेलमा ३–० अग्रता दिलाए। त्यसपछि ४५ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमै सिटीले ४–० को अग्रता बनाएको थियो।
दोस्रो हाफको ५७ र ८१ गोल गर्दै सर्जियो अगुइरोले इन्ग्लिश प्रिमियर लिगमा १२औं ह्याट्रिक पूरा गरे।अगुइइरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी एलन शेयररको रेकोड समेत तोडेका छन्। यस अघि एलन शेयररले ११ ह्याट्रिकको कीर्तिमान बनाएका थिए । ह्याट्रिकसँगै सर्जियो अगुएरो प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने बन्न पुगेका छन् । सर्जियो अगुएरोले थिएरी हेनरीको १७६ गोलको कीर्तिमान तोडेका छन् ।
