क्रिकेटखेलकुद

इस्टर्न रिजनको राष्ट्रिय टोलिको घोषणा

इस्टर्न रिजनको राष्ट्रिय टोलिको घोषणा

३ फागुन २०७६ काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले थाइलयडमा हुने इस्टर्न रिजनको राष्ट्रिय टोलिको घोषणा गरेको छ ।उक्त घोषणा गरेको टोलिमा तिब्र गतिका बलर भुवन कार्कीले पुरनगामन गरेका छन् भने किसोर महोतोलाइ टिममा पहिलो पटक समाबस गरिएको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् । इस्टर्न रिजनको राष्ट्रिय टोलिमा सोमपाल कामी, शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा छैनन् ।

इस्टर्न रिजनको प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च ६ सम्म थाईल्याण्डमा हुनेछ । प्रतियोगिताको फाईनल पुग्ने टिमले एसिया कपको छनोट खेल्न पाउनेछ ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, मलेसिया, भुटान र म्यानमार छन् । जसमा नेपालले पहिलाे खेल म्यानमारसँग खेल्नेछ । चीनले प्रतियाेगितामा सहभागिता नजनाउने भएकाे छ । काेराेना भाइरसका कारण चीनले सहभागिता नजनाउ लागा हो ।

याे प्रतियाेगिताकाे प्रशिक्षकका रूपमा जगत टमाटालाइ जिम्मेवारी दिएकाे छ।