खेलकुदफुटबल

टोटनह्यामसँग म्यानचेस्टर सिटी पराजित

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी पराजित भएको छ।

२० माघ २०७६ एजेन्सी: इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २-० ले पराजित भएको हो। टोटनह्यामको जितमा स्टेभन बर्गविन र हुङ-मिनले एक एक गरेका थिए।टोटनह्यामका लागि पहिलो गोल स्टेभन बर्गविनले ६३ औं मिनेटमा गरेका थिए भने दोस्रो गोल सन हुङ-मिनले ७१ औं मिनेटमा गरेका थिए ।

टोटेह्यामको मैदानमा भएको खेलमा ६० औं मिनेटमा सिटीका अलेक्जेन्डर जिन्चेनको रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि सिटी १० खेलाडीमा सिमित भएको थियो। अलेक्जेन्डर जिन्चेननैली रातो खानुनै म्यानचेस्टर सिटीको लागि पराजयको मुख्य कारण बन्न पुग्यो।

टोटेनह्यामसँग पराजित भएपछि सिटी शीर्ष स्थानको लिभरपुलभन्दा २२ अङ्‌कले पछाडि परेको छ। हारका बाबजुत दोस्रो स्थानमा यथावत सिटीले २५ खेलबाट ५१ अङ्‌क जोड्दा लिभरपुलको समान खेलबाट ७३ अङ्‌क रहेको छ। सिटीबाट अङ्‌क खोसेको टोटेनह्याम भने ३७ अङ्‌कसहित पाँचौं स्थानमा उक्लिएको छ।