खेलकुदफुटबल

ए डिभिजन लिग : सरस्वतीको पोस्टमा संकटाको ६ गोल

ए डिभिजन लिग : सरस्वतीको पोस्टमा संकटाको ६ गोल

१ फागुन २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सरस्वति युवा क्लब र संकटा क्लब बीच भएको खेलमा संकटा बिजयी भएको छ। संकटाले सरस्वति क्लबलाई ६-२ गोल अन्तरले हराउन सफल भएको हो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सरस्वति र संकटा बीच भएको लिगको तेह्रौ चरणको तेश्रो खेलमा संकटाले सरस्वतीलाई ६-२ गोल अन्तरले हराउंदै जित दर्ता गरेको हो।

जित संगै संकटा अंक सहित १८ अंक सहित अंक तालिकाको ७औ स्थानमा उक्लिए पनि टप सिक्स भित्र पर्न सकेन। त्यसैगरी सरस्वति युथ क्लब रेलिगेसनमा पर्दै लिग चरण बाटै बाहिरिएको छ भने उ ए डिभिजन बाट बि डिभिजन मा झरेको छ। १३ चरणमा बिभाजन गरेको खेल अवधि भर सरस्वतीले एक खेलमा जित हात पर्न सफल भयो भने एक खेल बराबरी खेलेको थियो। अन्य सबै खेल हारेको सरस्वति बि डिभिजन मा प्रबेस गरेको हो।