खेलकुदफुटबल

ए डिभिजन लिग: च्यासल संग ब्रिगेड ब्योइज स्तब्ध

ए डिभिजन लिग: च्यासल संग ब्रिगेड ब्योइज स्तब्ध

९ माघ २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको च्यासल क्लब र ब्रिगेड ब्वाइज बीच को खेलमा च्यासल क्लबले जित हासिल गरेको छ।  खेलको ऐरिक्त समयमा कप्तान सन्तोष साहुखलको गोलमा च्यासल युथ क्लबले जित हासिल गरेको हो ।

दशरथ रगंशालामा शुक्रबार भएको दोश्रो खेलमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएको हो।

इन्जुरी समयमा ताईका नाकामुराको पासलाइ कप्तान सन्तोषले गरेको गोल्नै निर्णायक गोल बन्न पुग्यो। साउखलले गरेको गोल च्यासलका लागि बरदान साबित भएको थियो भने आजको खेलबाट च्यासल्ले ३ अंक जोड्न सफल भएको छ।

लिगको आठौ चरण पुग्दा सम्म १ मात्र जित निकालेको च्यासल्ले आजको खेलमा दोश्रो जित निकाल्न सफल भएको हो।  जितसँगै च्यासल आठौ स्थानमा उक्लिएको छ। च्यासल्ले अहिलेसम्म २ मा जित हात पारेको छ भने ३ मा बराबरी र ३ मा हार बेहोर्दै ९ अंक जोडेको छ।

२ खेलमा जित २ मा बराबरी खेलेको बिबिसी ८ अंक सहित १० औं स्थानमा छ।

आजै भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले लिगको आठौं चरणमा पनि अपराजित यात्रालाई जारी राख्दै अंक तालिकाको शीर्ष स्थान पुनरागमन गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराउँदै मनाङले शीर्ष स्थानमा पुनरागमन गरेको हो । टोलीको यो चौथों जित हो । ४ खेलमा बराबरी गरेको टोलीको १६ अंक पुगेको छ ।

एक खेल कम खेलेको त्रिभुवन आर्मी पनि समान १६ अंकमा दोस्रो स्थानमा छ । ८ खेल खेलेको मछिन्द्र तेस्रो स्थानमा छ । तीनै टोलीको समान अंक भएपनि हेड टु हेडमा मनाङ अगाडी छ ।

आठौ चरणको अन्तिम खेलमा शनिबार न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी तथा फ्रेण्ड्स र संकटा क्लब भिड्नेछन्।