जवालाखेल र हिमालयन शेर्पाको खेल बराबरि
जवालाखेल र हिमालयन शेर्पाको खेल बराबरि
२९ माघ २०७६ काठमाडौँ : ए डिभिजन लिग अन्तर्गत आज एक खेल मात्र भएको छ। आज सातोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा र जवालाखेल युथ क्लबको खेल ३-३को बराबरीमा सकिएको छ ।
हिमालयन शेर्पाकोलागि स्टेफेन सामिरले २ गोल, बिजय श्रेष्ठले १ गोल गरेका थिए भने ज्वालाखेलबाट कुबेर बिष्ट फोदे फोफाने र रुप बहादुरले १-१ गोल गरेका छन् ।
सुरुवाती समय देखि हिमालयन शेर्पा जावलाखेल युथ माथी हाबी भएको थियो ।
जावलाखेलमाथी हाबी रहेको हिमालयन शेर्पाले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेको थियो। खेलको ५ औं मिनेटमा हिमालयन शेर्पाका स्टेफेनले पहिलो गोल गरे। १-० ले अग्रता लिएको शेर्पाले खेलको २४ मिनेटमा अग्रता दोब्बर बनाउन सफल भयो। खेलमा शेर्पाका तर्फ बाट दोस्रो गोल बिजय श्रेष्ठले गरेका थिए ।
निकै रोचक बनेको खेलको ३४ औ मिनेटमा जावलाखेलका किपरले रेड काड पाएपछि १० खेलाडीमा सिमित बनेको जावलाखेल झन् आक्रामक बनेर मैदानमा देखा पर्यो ।
जावलाखेल युथ क्लबका किपर अरुन ब्लोनले डिबक्स बाहिर बल समातेपछि रेड काड पाएका थिए।
त्यसपछी पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाका तेस्रो गोल गर्न सफल भयो र अग्रता ३-१ ले अधि रहयो र पहिलो हाफ समाप्त भयो।
१० खेलाडीमा सिमित जवालाखेलले दोस्रो गोल खेलको ५९ औं मिनेटमा गर्न सफल भयो । जावलाखेलका लागि फोडे फोफानाले गर्न सफल भएका थिए । हिमालयन शेर्पाका खेलाडी निरज बस्नेतले खेलको ६८ मिनेटमा रेड कार्ड पाएपछि दुवै टोलि १०-१० खेलाडीमा सिमित बन्यो ।
खेलको ६९ मिनेटमा जावलाखेल युथ क्लबले तेस्रो गोल गर्दै खेललाई ३-३ को बराबरि ल्याउन सफल भए । जवालखेलका लागि तेस्रो गोल रुप बाहादुरले गर्छन् । त्यसपछी खेलमा दुबै टोलिबाट गोल हुन सक्दैन र खेल बराबरिमा समाप्त हुन्छ ।