सन्दीप लामिछाने स्वदेश फर्कंदै
सन्दीप लामिछाने स्वदेश फर्कंदै
१२ माघ २०७६ काठमाडौँ: नेपाली लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्कंदै छन्। त्रीकोणात्मक सिरिज खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कंदै छन् । माघ २२ देखि माघ २९ सम्महुने त्रीकोणात्मक सिरिजका लागि सन्दीप लामिछाने आज स्वदेश फर्किन लागा हुन् ।
सन्दीप लामिछाने सम्मलित मेलबर्न स्टार्स १४ खेलमा ४ मा हार र १० मा जित दर्ता गर्दै क्वालिफयारमा प्रवेश गर्न सफल भएको छ। २० अंक जोड्दै मेलबर्न स्टार्स अंक तालिकाको शिर्ष स्थानमा रहेको थियो ।सन्दीप सोमबार बिहान सम्म नेपाल आईपुग्नेछन् ।जारी बिग ब्यास लिगमा सन्दिपले सन्तोषजनक प्रदर्शन गरिरहेका छन् । सन्दिपले जारी लिगमा १३ खेलमा १५ विकेट लिएका छन ।
त्रीकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने
नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका :
माघ २२ : नेपालविरुद्ध ओमान
माघ २३ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका
