समाचार

काठमाडौँका यी रुटमा आज गाडी चलाउन पाइने छैन्

काठमाडौँका यी रुटमा आज गाडी चलाउन पाइने छैन्

१६ पौष २०७६ काठमाडौँ : आज “नेपाल भम्रण वर्ष २०२०” को समुद्घाटन कार्यक्रम दशरथ रंगशालामा हुन गईरहेको हुँदा सम्पुर्ण नागरिकहरुमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध ।

दिउँसोको समयमा ठमेलबाट र्यारलि निस्केर रंगशाला सम्म जाने हुदाँ थापाथली, त्रीपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गरीदिनु हुन अनुरोध गरिएको छ । साथै सम्पुर्ण सर्वसाधरणको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको व्यहोरा जानकारी गराईन्छ ।

तपाईलाई ट्राफिक सम्बन्धि समस्या तथा अन्य जानकारी लिन परेमा ट्राफिक प्रहरीको हट लाईन नम्बर १०३ मा फोन गर्नु हुन र नियमित रूपमा मेट्रो ट्राफिक एफ.एम.९५.५ मेगाहर्ज सुनेर पनि जानकारी लिन अनुरोध गरिएको छ ।