काठमाडौँमा भिख माग्नेलाई तीन वर्ष जेल
काठमाडौँमा भिख माग्नेलाई तीन वर्ष जेल
२४ मङ्सिर २०७६ काठमाडौँ: काठमाण्डु उपत्यकाका सडकमा अब उपरान्त कुनैपनि व्यक्तिले भिक्षा मागे अब सिधै जेल जानुपर्ने छ ।
आगामी २९ मंसिरदेखि लागु हुने गरि काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा भिक्षा माग्ने र माग्न लगाउने कार्य निषेध गर्दै यदि कसैले अबका दिनमा भिक्षा मागेको र माग्न लगाएको पाइएमा कारबाही स्वरुप ३ बर्ष जेल सजाय हुने स्पष्ट गरेको छ ।
मंगलबार काठमाडौँ महानगरले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘मुलुकी अपराध संहिताको दफा १२६ ले समेत भिक्षा माग्न र भिक्षा माग्न प्रोत्साहन गर्न नहुने र गरेमा बढीमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ’, ।
कानुन पालना गर्नु नागरिकको कर्तव्य भएको उल्लेख गर्दै महानगरले भिक्षा माग्ने र माग्न लगाउने प्रवृत्तिको अन्त्यका लागि आवश्यक सहयोगका लागि नगरवासीलाई अपिल पनि गरेको छ ।