कोप डेल रे क्वार्टरफाइन: बार्सिलोना र रियल मड्रिडको यात्रामा पूर्णविराम
कोप डेल रे: बार्सिलोना र रियल मड्रिड पराजित
२४ माघ २०७६ एजेन्सी: बार्सिलोना र रियल मड्रिडको यात्रामा पूर्णविराम लागेको छ । बार्सिलोना र रियल मड्रिड कोप डेल रे क्वार्टरफाइनको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । बिहिबार राति भएको खेलमा कोप डेल रेको क्वार्टरफाइनल खेलबाट बार्सिलोना र रियल मड्रिड पराजित भएका हुन् । कोपा डेल रेको क्वार्टरफाइनलमा स्पनिस क्लब बार्सिलोना एट्लेटिको बिल्बाओसँग १-० ले परजित भयो भने रियल मड्रिड सोसियडाडसँग ४–३ ले पराजित भयो ।
बार्सिलोनालाइ पराजित गर्न दोस्रो हाफको इन्जुरी समयमा इनाकी विलियम्स गोल गरेका थिए हिजो खेलमा पराजित भएको बार्सिलोनाको लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने सपना क्वार्टरफाईनलमै सिमित बन्न पुग्यो ।
त्यस्तै क्वार्टरफाइनलको अर्को खेलमा रियल मड्रिड सोसियडाडसँग ४–३ ले पराजित भयो । सोसियडाडको लागि एलेक्जेन्डर इसाकीले दुई गोल गरेभने मार्टिन ओडेगार्ड र मिकेल मेरिनोले एक एक गोल गरेका थिए । त्यस्तै रियलका लागि मार्सोलो, रोड्रीगो र नाचोले एक एक गोल गरेका थिए।
