खेलकुदफुटबल

ए डिभिजन लिग: सरस्वतीको पहिलो जित, एपिफलाई संकट

ए डिभिजन लिग: सरस्वतीको पहिलो जित, एपिफलाई संकट

१४ माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको पहिलो खेलमा सरस्वती युवा क्लब विजय भएको छ । पहिलो हाफमा हिमालयन शेर्पा र सरस्वतीले २-२ गोलको बराबरी सकिएको थियो । हिमालयन शेर्पाका आशिष गुरुङ र विजय श्रेष्ठले एक एक गोल गरेका छन् ।

खेलको दोस्रो हाफ निकै रोमान्चक बन्यो । सरस्वती क्लबले हिमालयन शेर्पालाइ ४-३ गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा सरस्वतिका लागि काजीम बुसारी र बिनोद केसीले गोल गरे भने दोस्रो हाफमा सरस्वतीको लागि कजिमले तेश्रो गोल गर्दै ३-२ को अग्रता दिलाएका थिए। खेलको ८८औँ मिनेटमा सरस्वतिका लागि मनिओस थापा ले चौथो गोल गर्दै खेललाई ४-२ को अग्रता दिलाए। खेलको अतिरिक्त समयमा १ गोल फर्काउन भ्याएको शेर्पाले ९३ औँ मिनेटमा रबि थापा मगरको गोलमा खेललाई ४-३ को फरक मा ल्याउन सफल भएपनि जित भए निकाल्न सकेन।

हिमालयन शेर्पाको १३ खेलबाट ७ अंक रहेको छ। हिमालयन शेर्पा चार खेलमा पराजित एक खेलमा जित दर्ता गरेको छ भने तिन खेल बराबरी खेलको छ । ७ अंक जोडेका हिमालयन शेर्पा १२ औ स्थानमा रहेको छ । लिगमा पहिलो जित निकालेको सरस्वति क्लब समूह चरणकोण पुछारमै रहेको छ भने सशस्त्र क्लबको लागि खतरा बन्न पुगेको छ। पहिलो जित संगै सरस्वति ४ अंक का साथ् १४ औँ स्थानमा छ भने सशस्त्र ५ अंक सहित १३ औँ स्थानमा रहेको छ।

आजको सरस्वतीको जितले विभागीय टिम सशस्त्र क्लबलाइ अफ्ट्यारो भने पर्ने देखिन्छ।

जावलाखेल युथ क्लबले तिन खेलमा जित, तिनमा बराबरी र दुई पराजित रहेको छ। जावलाखेल युथ क्लब १२ अंकसहित ७ औं स्थानमा रहेको छ । त्रिभुवन १७ अंक तालिकाको दोस्रो स्थानमा रहको छ । त्रिभुवन आर्मीले ५ जित,दुई बराबरी र एक हारका साथ दोस्रो स्थानमा छ ।

आज हुने लिग चरणको दुवै खेल सातोबाटो स्थित एन्फा कम्प्लेक्स हुने छ । अबको दोस्रो खेल जावलाखेल युथ क्लब र त्रिभुवनबिच हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *