खेलकुदफुटबल

मनाङ र मच्छिन्द्रका खेलाडीबीच मैदानमै हानाहान( भिडियो )

मनाङ र मच्छिन्द्रका खेलाडीबीच मैदानमै हानाहान( भिडियो )

सहिद स्मारक ए डिभिजन लिगको आज भएको मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबका खेलाडीबीच मैदानमै हानाहान भएको छ। सुरुवाती समयदेखि निक्कै नै रोमान्चक बनेको खेलको अन्त्य भएको घोषणा रेफ्रीले गरे संगै दुवै टिमका खेलाडी बीच कुटाकुट सुरु भएको थियो।

सोमबार भएको उक्त खेलमा दुवै तिम्ले २-२ गोलको बराबरीखेलेका छन् ।

रेफ्रीले खेल सकिएको अन्तिम सिठ्ठी बजाएलगत्तै मनाङका खेलाडी जगजित श्रेष्ठ र मच्छिन्द्रका खेलाडी दीपक राईबीच भनाभन भएको थियो।

झगडा सुरु भएलगत्तै बेञ्चमा रहेका मनाङका रञ्जन विष्ठ र मच्छिन्द्रका विजय धिमाल पनि मैदान छिरेर झगडामा संलग्न भएका थिए। रेफ्रीले झगडामा संलग्न मनाङका रञ्जनलाई रातो कार्ड दिएका छन् ।

त्यसपछि दुवै टिमका खेलाडीबीच ठुलै झगडा झन् बढ्यो।

घम्साघम्सीमा टिमका अफियलहरू समेत संलग्न भएपछी मैदानमा खटिएका सुरक्षाकर्मीले झगडा छुट्याउनु परेको थियो ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले खेलाडीहरूले अनुशासनहीन व्यवहार गरेको र मनाङका जगजितले मुख छाडेपछि झगडा सुरू भएको दाबी गरेका छन्।