फातिको जादु चल्दा बार्सिलोना विजयी, अंक तालिका सहित
फातिको जादु चल्दा बार्सिलोना विजयी, अंक तालिका सहित
२० माघ २०७६ एजेन्सी: स्पेनिस ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्तेमाथि २-१ को जित दर्ता गर्यो। बार्सिलोनाको जितमा युवा खेलाडी फातिले २ गोल गरेका थिए ।
युवा फोवार्ड फातिले पहिलो गोल ३० औं मिनेटमा गरे भने दोस्रो गोल खेलको ३२ औं मिनेटमा गरेका थिए । कप्तान मेस्सीकै पासमा फातीले व्यक्तिगत पहिलो र दोस्रो गोल गरेका थिए।
लेभान्तेका रुबेन रोचिनाले खेलको अन्तिम समयमा एक गोल फर्काएका थिए ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँग अंकको दुरी घटाएको छ । रियलको २२ खेलमा ४९ अंक छ भने बार्सिलोनाको २२ खेलमा ४६ अंक छ । लेभान्ते २६ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।