ए डिभिजन लिग: संकटा सँग हिमालयन शेर्पा पराजित
ए डिभिजन लिग: संकटा सँग हिमालयन शेर्पा पराजित
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा माथि संकटाले १-० को जित दर्ता गरेको छ ।
संकटाका लागि खेलको २१ औं मिनेटमा अजाया मार्टिन्स कायड गोल गरेका थिए ।
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल अंक तालिकाको कुरा गर्दा संकटा ए डिभिजन लिगको १५ अंकसहित छैठौ स्थानमा छ। १५ अंक जोडेको संकटाले क्लब भने चार खेलमा जित तीन खेलमा बराबरी र तिन खेलमा पराजित भएको छ ।
हिमालयन शेर्पा अंक तालिकाको १२ औ स्थानमा रहेको छ । हिमालयन शेर्पाले एक खेलमा जित ५ खेल मा बराबरी र ४ खेलमा पराजित रहेको छ ।
