खेलकुदफुटबल

ए डिभिजन लिग: त्रिभुवन आर्मीसँग नेपाल पुलिस पराजित

ए डिभिजन लिग: त्रिभुवन आर्मीसँग नेपाल पुलिस पराजित

१९ माघ २०७६ काठमाडौँ: राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले नेपाल पुलिसलाइ ४-२ पराजित गरेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको दोस्रो खेलमा त्रिभुवन आर्मी जित सँगै शिर्ष स्थानमा उक्लिएको छ ।

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल अंक तालिका हेर्दा आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको छ। त्रिभुवन आर्मी ६ खेलमा जित २ खेल बराबरी र एक खेलमा पराजित रहेको त्रिभुवन आर्मी २३ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

नेपाल पुलिसको लागि बुद्ध बल तामाङ र मान बहादुर परियारले एक एक गोल गरेका थिए । त्रिभुवन आर्मीको लागि सुमन अर्याल, नवयुग र सुदिलले गोल गरेका थिए । नवयुगले खेलमा दुइ गोल गर्दै म्यान अफ दि म्याच भए । नवयुगको नाममा  ६ गोल रहेको छ ।

नेपाल पुलिस क्लब १४ अंकसहित छैटौं स्थानमा रहेको छ। नेपाल पुलिस क्लबले ४ खेलमा जित २ खेल बराबरी र ३ खेलमा पराजित भएको छ । यो खेल दशरथ रंगशालामा भएको थियो

ए डिभिजन लिग: त्रिभुवन आर्मीसँग नेपाल पुलिस पराजित