खेलकुदफुटबल

ए डिभिजन लिग: मनाङसंग संकटा पराजित (फोटो फिचर)

ए डिभिजन लिग: मनाङसंग संकटा पराजित (फोटो फिचर)

१५ माघ २०७६ काठमाडौँ : ए डिभिजन लिगमा आज एक खेल मात्र भएको छ । आजको खेलमा मनाङ बिजय भएको छ । आजको खेलमा मनाङ ३-० ले विजय भएको हो । पहिलो हाफमा २-० गोल अन्तरले अगाडि रहेको मनाङ दोश्रो हाफमा थप एक गोल गर्न सफल भएको हो।

खेलको पहिलो हाफ ४४ मिनेटमा संकटाका अमित तामाङले हेडर मार्फत आफ्नै पोस्टमा प्रहार गरेपछी १-०ले पछि परेको संकटा त्यसको १ मिनेट भित्रै थप १ गोल खान पुग्यो र २-० ले पछि पर्यो । दोश्रो गोल मनाङका अन्जन बिष्टले ४५ मिनेटमा गरेका थिए । दोस्रो हाफमा निशान लिम्बूले गोल थपेपछि मनाङ् ३-० ले अगाडी हुन् पुग्यो । निशानले ७५औँ मिनेटमा गोल गरेका थिए।

मनाङको १0 खेलबाट १९ अंक रहेको छ। मनाङले पाँचौ पनि खेलमा जित दर्ता गरेको छ भने चार खेल बराबरी खेलको छ । मनाङ अहिले सम्म एक खेलमा पनि पराजित भएको छैन। १९ अंक जोडेको मनाङ दोस्रो स्थानमा रहेको छ । १२ औ अंक जोडेको संकटा क्लब अंक तालिकाको आठौ स्थानमा रहेको छ।

आज भएको लिग चरणको खेल सातोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको थियो ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *