ए डिभिजन लिग: जित संगै मचिन्द्र शिर्ष स्थानमा
ए डिभिजन लिग: जित सङै मचिन्द्र शिर्ष स्थानमा
१८ माघ २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको मचिन्द्र र एपिएफ क्लब बिचको खेलमा मचिन्द्रले जित दर्ता गरेको छ । जित सङै मचिन्द्र उपधी होडको शिर्ष स्थानमा उक्लिएको छ।
बिगतका खेलहरुमा भन्दा निक्कैनै राम्रो प्रदर्शन गरेको एपिएफले पहिलो हाफको अन्तिम समयमा खेलको ४३ औँ मिनेटमा एपिएफका रमेश दंगालले गोल गर्दै एपिएफलाई अग्रत दिलाएका थिए। नबिन लामाले असिस्ट गरेको बललाई दंगालले हेडर मार्फत गोलमा गरेका हुन्। बल क्रस बार मा लागेर गोलमा परिणत भएको थियो।
दोश्रो हाफ सुरु भए लगत्तै मचिन्द्रले गोल फर्काएर खेल बराबरी गरेको थियो। मचिन्द्रका लागि ८ नं जर्सिका विशाल राईले खेलको ४८ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । रंजित धिमालले कर्नर किकलाइ हेड गर्दै बिशालले गोल गरेका थिए।
खेलको ७९ औ मिनेटमा मचिन्द्रले पाएको पेनाल्टी किपरले फर्काएको बल मचिन्द्रका रन्जित धिमालले गोलमा परिणत गर्दै २-१को अग्रता दिलाए।
जित सङै मचिन्द्र २० अङ्क सहित लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिगमा अङ्क तालिकामा एक स्थान तल झरेको आर्मी २० अङ्क सहित दोश्रो स्थानमा छ भने आर्मीले एक खेल कम खेलेको छ।