कोपा डेल रे: बार्सिलोना र लेगानेस भिड्दै
कोपा डेल रे: बार्सिलोना र लेगानेस भिड्दै
१६ माघ २०७६ एजेन्सी: स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत आज (बिहिबार) राति एक खेल मात्र हुँदै छ। कोपा डेल रे कप अन्तर्गत आज बार्सिलोना र लेगानेसबिच प्रतिस्पर्धा गर्ने छ। बार्सिलोना र लेगानेसको खेल आज राति २३:४५ बजे देखि सुरु हुँदै छ ।
आजको खेलमा जित निकाले टोलीले अन्तिम आठमा स्थान बनाउने छ। बार्सिलोनाको घरेलु मैदानमा खेल हुँदा लेगानेस केहि दबाबमा रहने छ ।
अन्तिम १६ मा प्रवेश गर्न बार्सिलोनाले ईबिजालाई २–१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो हाफमा बार्सिलोना १-० पछि परेको थियो तर बार्सा स्टार ग्रिजम्यानले ७२ र इन्ज्युरी समयमा गोल गर्दै बार्सिलोनाले २-१ जित दर्ता गरेको थियो ।आजको खेलमा जित दर्ता गर्ने टोलि कोपा डेल रे को अन्तिम ८ मा प्रवेश गर्ने छ।
बिहिबार बिहान भएको खेलमा रियल मड्रिडले जारगोजालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रे को क्वार्टरफाईनलमा प्रवेश गरेको छ। रियल मड्रिडले जारगोजालाई ४-० ले पराजित गरेको थियो ।