कोपा डेल रे: रियल मड्रिड र जारगोजा भिड्दै
कोपा डेल रे: आज रियल मड्रिड र जारगोजा भिड्दै
१५ माघ २०७६ एजेन्सी: स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत आज (बुधबार) राति पाँच खेल हुँदै छन्। कोपा डेल रे कप अन्तर्गत आज रियल मड्रिडले जारगोजाबिच प्रतिस्पर्धा गर्ने छ। रियल मड्रिड र जारगोजाको खेल आज राति १:४५ बजे देखि सुरु हुँदै छ ।
आजको खेलमा जित निकाले टोलीले अन्तिम आठमा स्थान बनाउने छ। जारागोजाको घरेलु मैदानमा खेल हुँदा रियल मड्रिड केहि दबाबमा हुने छ ।
रियल मड्रिडले युनियनीस्टेस डि सालामान्कालाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो ।
रियल मड्रिडलाई अन्तिम १६ मा प्रवेश गराउन वेल्सका फरवार्ड ग्यारेथ बेल र ब्राहिम डियाजले गोल गरे । रियल मड्रिडले एक गोल भने उपहार सोरुप पाएको थियो ।
आज हुने खेल नेपाली समयमा

