क्रिकेटखेलकुद

अफगानिस्तानका मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने

अफगानिस्तानका मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने

१५ माघ २०७६ काठमाडौँ: अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाईगर्सबाट ईपीएल खेल्ने भएका छन्। मोहम्मद साहजादले चितवन टाइगर्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका हुन् ।

चितवन टाइगर्स आज प्रेस विज्ञप्ति निकाल्दै पहिलो विदेशी खेलाडीको रुपमा साहजाद टिममा अनुबन्धित भएको जानकारी दिएको छ । मोहम्मद साहजादलाइ कतिमा अनुबन्ध गरिएको कुरा खुलको छैन् ।

चितवन टाईगर्स :
रिलिज गरिएको खेलाडी – पृथु बास्कोटा
अनुबन्ध गरेको खेलाडी – खडक बोहरा (५० हजार )

चितवन टाईगर्सको टिम: सोमपाल कामि, सन्दिप सुनार, शाहब आलम, दिलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भिम शार्की, सागर ढकाल, आदील खान, इशान पाण्डे, खडक बोहरा,मोहम्मद साहजाद