ए डिभिजन लिग : पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लब भिड्दै
ए डिभिजन लिग : पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लब भिड्दै
१५ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज एक खेल मात्र हुँदै छ । आजको खेलमा पुर्व विजेता क्लब मनाङ र उपविजेता संकटा क्लबबिच प्रतिस्पर्धा हुने छ । पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लबबिचको खेल ३ बजे देखि सुरु हुँदै छ ।
मनाङको १६ खेलबाट १६ अंक रहेको छ। मनाङले चार खेलमा जित दर्ता गरेको छ भने चार खेल बराबरी खेलको छ । मनाङ अहिले सम्म एक खेलमा पनि पराजित भएको छैन। १६ अंक जोडेको मनाङ तेस्रो स्थानमा रहेको छ । १२ औ अंक जोडेको संकटा क्लब अंक तालिकाको आठौ स्थानमा रहेको छ।
आज हुने लिग चरणको खेल सातोबाटो स्थित एन्फा कम्प्लेक्स हुने छ ।
