खेलकुदफुटबल

ए डिभिजन लिग : रोमान्चक खेलमा मचिन्द्रको सानदार जित

ए डिभिजन लिग : रोमान्चक खेलमा मचिन्द्रको सानदार जित

१३ माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको मछिन्द्र र थ्री स्टार बिचको खेलमा मछिन्द्र क्लबले थ्री स्टार बिरुद्ध सानदार जित निकालेको छ। रोमान्चक खेलमा मछिन्द्रले थ्री स्टार बिरुद्ध २-०को सानदार जित निकालेको हो।

दशरथ रंगशालामा भएको रोमान्चक दोश्रो खेलको पहिलो हाफमा १-० को अग्रता लिएको मछिन्द्रले दोश्रो हाफको अन्तिम समयमा दोश्रो गोल गर्दै अग्रतालाइ दोब्बर गरेको थियो।

मछिन्द्रका रेजिन सुब्बाले खेल को ३९ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोश्रो गोल खेलको ९० औ मिनेटमा मछिन्द्र का बिशाल राइले गरेका थिए।

दुवै टोलीको उत्कृष्ट प्रदर्शन रहेको उक्त खेलमा दर्शक हरुमा समेत उत्साह छाएको थियो। खेल सुरु भए लगत्तै गुञ्जयमान बनेको रंगशाला अन्त्य सम्म पनि उही उत्शाहका साथ् हुटिंग भैरहेको थियो।

जित संगै मछिन्द्र छ खेलमा जित २ खेल बराबर र एक खेलमा हारका साथ् लिगमा १९ सहित शिर्ष स्थानमा उक्लिएको छ भने थ्री स्टार क्लब १४ अंक सहित चौथो स्थानमा छ।