बास्केटबलका महान खेलाडी ब्रायन्ट र उनकी छोरीसहित ९ को हेलिकोप्टर दुर्घटनामा मृत्यु
बास्केटबलका महान खेलाडी ब्रायन्ट र उनकी छोरीसहित ९ को हेलिकोप्टर दुर्घटनामा मृत्यु
१३ माघ २०७६ एजेन्सी: अमेरिकी बास्केटबलका महान खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ।
कोबे ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो । लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ ।
ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियनाको मृत्यु भएको खुले पनि अन्यको नाम सार्वजनिक गरिएको छैन । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ ।
