क्रिकेटखेलकुद

सन्दीप लामिछानेको ९९ औँ विकेटसंगै मेलबर्न स्टार्स क्वालिफायरमा

सन्दीप लामिछानेको ९९ औँ विकेटसंगै मेलबर्न स्टार्स क्वालिफायरमा

११ माघ २०७५ काठमाडौँ : सन्दिप लामिछानेले जारी बिग बास लिगमा १३ खेलमा १५ विकेट लिएका छन । आज सन्दिपले ब्रिसबेन हिट विरुद्ध एक विकेट थप्दै टी २० खेलमा ९९ विकेट पुरा गरेका छन् । सन्दिपले ति २० क्रिकेटमा आफ्नो १०० विकेट पुरा गर्न अब मात्र १ विकेट पछि छन् । उनले १०० विकेट पुरा गरेमा नेपाली नेप[अलि खेलाडीले अन्तरास्ट्रिय जगतमा १०० विकेट लिने पहिलो खेलाडीको इतिहास रच्नेछन र यो अब सम्भव पनि देखिएको छ।

त्यस्तै सन्दिप लामिछाने सम्मिलित बिग बास लिग अन्तर्गत आज भएको मेलबर्न स्टार्स र ब्रिसबेन हिट बीच भएको खेलमा हार ब्येहोरेपनि मेलबर्न स्टार्स अंक तालिकामा शिर्ष स्थानमा रहदै क्वालिफियरमा उक्लिन सफल भएको हो।

ब्याट फ्लिप जित्दै ब्याटिङ रोजेको ब्रिसबेन हिटले खेलमा १८६ रन जोड्न सफल भयो।

पहिले बलिङ सुरु गरेको मेलबर्न स्टार्सका लागि स्पिनर एडम जम्पाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । त्यसैगरी दिलबर हुसैनको नाममा १ विकेट रह्यो ।

ब्रिसबेन हिटले दिएको १ सय ८७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मेलबर्न स्टार्सका स्टार्स १७.४ ओभरमा अल आउट हुँदै १ सय १५ रनमा समेटिन पुग्यो। हारको बाबजुद पनि बिग ब्यासको लिगमा मेलबर्न स्टार्स शीर्ष स्थानमै रहेपछि क्वालिफायरमा प्रवेश गरेको हो ।

मेलबर्न स्टार्स १४ खेलमा ४ मा हार र १० मा जित सहित २० अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्स १४ खेलमा ९ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहेको छ ।