राजनितीसमाचार

गोकर्ण-यति प्रकरणमा सरकारले झुक्याएको भन्दै गगन थापा आक्रामक

गोकर्ण-यति प्रकरणमा सरकारले झुक्याएको भन्दै गगन थापा आक्रामक

१२ माघ २०७६ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले गोकर्ण-यति प्रकरणमा संसद संसादकै बद्नाम भएको आशयको अभिव्यक्ति दिएका छन्। उनले बदनियतका साथ नेपाल ट्रष्ट ऐन बदलेर प्रचलित कानून समेत नजरअन्दाज गरी गरेको निर्णयलाई सरकारले कानून बमोजिम भनिरहँदा संसद समेत जोडिएको उल्लेख गरेका छन् । सनिबार साँझ आफ्नो फेशबुक पेजमा संसदीय समितिमा बुझाएको पत्र सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले पत्र सार्वजनिक गर्दै स्टाटसमा लेखेका छन्,”संसदले सरकारले जस्तै बदनियतका साथ ऐन संसोधन गरेको थियो वा संसदलाई सरकारले झुक्काएको थियो। यसवारे संसदले प्रष्ट गर्नुपर्दछ।‪ संसद र संसदीय समितिको गरिमा तथा संसदप्रतिको जनविश्वाससंग समेत जोडिएकोले यति प्रकरणमा अविलम्ब छलफल गर्न,समितिको धारणा सार्वजनिक गर्न र सरकारलाई आवश्यक निर्देशन दिन संसदको कानून,न्याय तथा मानवअधिकार समितिमा ध्यानाकर्षण पत्र पेश गरेको छु।विश्वास छ,समितिले आवश्यक पहलकदमी लिनेछ।‬”

यस्तो छ पत्रमा