ए डिभिजन लिग: संकटालाइ पराजित गर्दै शिर्ष स्थानमा उक्लने आर्मीको दाउ
ए डिभिजन लिग: संकटालाइ पराजित गर्दै शिर्ष स्थानमा उक्लने आर्मीको दाउ
२९ पौष २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज एक खेल मात्र हुँदै छ । आजको खेल त्रिभुवन आर्मी र संकटाबिच हुँदै छ । आजको खेल दिउसो ३ बजे देखि सुरु हुँदै छ । यो खेल दशरथ रंगशालामा हुने छ ।
आजको खेलमा संकटालाइ पराजित गर्दै आर्मी शिर्ष स्थानमा उक्लने दाउ हुनेछ । जारि सिजन त्रिभुवन आर्मी ५ खेल बाट ४ मा जित र एक खेलमा पराजित हुँदै दोस्रो स्थानमा रहेको छ । त्रिभुवन आर्मीको ५ खेलबाट १२ अंक रहेको छ ।
यता संकटा भने आर्मीलाई पराजित गर्दै आफ्नो अंक तालिकामा सुधार लयाउन चाहान्छ। एक खेल कम खेलेको गत सिजनको उपविजेता टोलि संकटा ७ अंक सहित आठौं स्थानमा छ। संकटाले २ खेलमा जित २ खेलमा पराजित र एक खेल बराबरी खेलेको छ ।