अन्तरास्ट्रिय

टर्कीमा शक्तिशाली भूकम्प: १४ को ज्यान गयो, सैयौँ घाइते

टर्कीमा शक्तिशाली भूकम्प: १४ को ज्यान गयो, सैयौँ घाइते

११ माघ २०७६ काठमाडौँ (विश्व घटना): टर्कीमा शक्तिशाली भुकम्प गएको छ। टर्कीको इलाजिग प्रदेशमा गएको शक्तिशाली भूकम्पकमा परी अहिले सम्म कम्तिमा पनि १४ जनाको मृत्यू भएको छ भने सयौं घाइते भएको समाचार छ ।

६.८ म्याग्निच्यूडको भूकम्पको कारण त्यहाँका थुर्पै भवनहरु भत्किएका त्यहाँका अधिकारीहरुले बताएका छन् ।

टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर । स्थानीय समयअनुसार शुक्रबार स्थानीय समयअनुसार ८ः८८ मा भूकम्प गएको थियो ।

टर्कीको छिमेकी मूलुक सिरिया, लेबनान र इरानमा पनि कम्पन महशुस भएको टर्कीको प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।

टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणका अनुसार ६० पराकम्पहरु मापन गरिएका छन् । उद्दारमा ४०० उद्दार टोली खटाइएका छन् ।

सन् १९९९ मा टर्कीको पश्चिम सहर जमितमा गएको शक्तिशाली भूकम्पबाट करिब १७ हजारको मृत्यु भएको थियो ।