पाकिस्तान विरुद्ध बंगलादेशको भिडन्त आज: सम्पूर्ण जानकारी
पाकिस्तान विरुद्ध बंगलादेशको भिडन्त आज: सम्पूर्ण जानकारी
१० माघ २०७६ एजेन्सी: बंगलादेश क्रिकेट टोलीले आज पाकिस्तानको सामना गर्दै छ। आज २४ जनवरी देखि टी-२० खेलको सिरिज सुरु हुँदै छ ।पाकिस्तान र बंगलादेशबिचको खेल २:४५ बजे सुरु हुँदै छ ।
पाकिस्तानले बोर्डले घोषणा गरेको टोलिमा फास्ट बलर हेरिस रौफ पर्न सफल भएका छन्। बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका हेरिस रौफ पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका हुन्।२६ बर्षका हेरिस रौफ बिग बास लिगमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका छन्।
बीबीएलमा हेरिस रौफले ७ खेलमा १६ विकेट लिँदै दोस्रो स्थान हासिल गरेका छन् । पाकिस्तानले बंगलादेशसँग पहिलो टी–२० २४ जनवरीमा खेल्नेछ भने दोस्रो टी-२० खेल २५ जनवरीमा हुने छ भने अन्तिम टी-२० खेल २७ जनवारीमा हुने छ । पाकिस्तान भ्रमणमा आउन लागेको बंगलादेशी टोलीले तीन टी–२०, एक ओडिआई तथा दुई टेष्ट खेल्नेछ।
यो चोटी पाकिस्तानको टी–२० टिममा शोएब मलिक र मोहम्मद हफिजको पनि पूर्ण आगमन भएको छ ।
पाकिस्तानी टिमः
बाबर आजम (कप्तान), अहसन अली, अमद बट, ईफ्तिखर अहमद, ऑस्ट्रेलिया बिरुद्ध भारतको खेलतालिका रौफ, ईमाद वासिम, खुश्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हश्नान, मोहम्मद रिजवान(विकेटकिपर), मोहम्मद मुसा, शादाब खान, शाहीन अफ्रिदी, शोएब मलिक, उस्मान कादिर
बंगलादेशको टिम: महमूदुल्लाह (कप्तान), तमीम इकबाल, सौम्या सरकार, नैम शेख, नजमुल हुसेन, लिटन दास, मोहम्मद मिथुन, अफिफ हुसेन, महेदी हसन, अमीनुल इस्लाम, मुस्तफिजुर रहमान, शफीउल इस्लाम, अल-अमीन हुसेन, रुबेल हुसेन, हसन महमूद
पाकिस्तान विरुद्ध बंगलादेशको खेलतालिका:
पहिलो टी–२०: २४ जनवरीमा- लाहोर
दोस्रो टी–२०: २५ जनवरीमा-लाहोर
तेस्रो टी–२०: २७ जनवरीमा-लाहोर
लाइभ कसरी हेर्ने ?
पाकिस्तान विरुद्ध बंगलादेश सोनी लिभबाट लाइभ हेर्न सकिन छ ।
