अन्तरास्ट्रिय

मुसर्रफको मृत्युदण्ड अदालतद्वारा ‘रद्द’

मुसर्रफको मृत्युदण्ड अदालतद्वारा ‘रद्द’

२९ पुस २०७६ काठमाडाैं : पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने बिषय गैरकानुनी भन्दै अदालतले उक्त फैसला भंग गरेको छ । यो संगै अब मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको छ ।

पाकिस्तानी उच्च अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो । फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ । एडिसनल अटर्न जनरल इस्तियाक ए. खानका अनुसार यो फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावि हुनेछ भने गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम सुनाइएको मृत्युदण्डको फैसला पनि रद्ध हुनेछ।

अभियुक्तको अनुपस्थितिमा उसको बहस गर्नु गैरइस्लामी, गैरकानुनी र असम्वैधानिक भएको भन्दै उच्च अदालतको फैसलामा विशेष अदालतले कानुनी प्रक्रियाहरु पूरा नगरेको जनाएको छ । धारा ६ मा गरिएको १८ औं संसोधनअनुसार यस्तो सजाय दिन नसकिने अदालतको ठहर हो ।