खेलकुदफुटबल

कोपा डेल रे: तेस्रो श्रेणीको क्लबसँग एटलेटिको लज्जापद हार

कोपा डेल रे: तेस्रो श्रेणीको क्लबसँग एटलेटिको लज्जापद हार

१० माघ २०७६ एजेन्सी: तेस्रो श्रेणीको क्लब कल्चरल लिओनेसासँग लज्जापद हार व्यहोर्दै एटलेटिको म्याड्रिड कोपा डेल रे प्रतियोगिताबाट बाहिरिएको छ। बिहीबार राती भएको खेलमा एटलेटिको म्याड्रिड तेस्रो श्रेणीको क्लब कल्चरल लिओनेसासँग २-१ पराजित भएको थियो। बिहीबार राती भएको खेलमा एटलेटिको म्याड्रिड सुरुवाती अग्रता लिए पनि पराजित हुन् पुग्यो ।

एटलेटिको म्याड्रिड खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोलको मदतले सुरुवाती अग्रता लिएको थियो। तर तेस्रो श्रेणीको क्लब कल्चरल लिओनेसाका जुलेन कास्टेनादाले ८२ मिनेटमा गोल गर्दै लिओनेसालाई बराबरीमा ल्याए ।इन्ज्युरी समयको थप गरिएको १ सय ८ औं मिनेटमा सर्जियो बेनिटोले गोल गर्दै लिओनेसालाई जित दिलाए ।

लिगको तेस्रो स्थानमा रहेको एटलेटिको यस पराजयसँगै कोपा डेल रे को प्रतियोगिताबाट बाहिरिएको छ ।