डढेलोको जोखिम फेरी बढेपछि अस्ट्रेलियाको क्यानबेरा विमानस्थल बन्द
डढेलोको जोखिम फेरी बढेपछि अस्ट्रेलियाको क्यानबेरा विमानस्थल बन्द
९ माघ २०७६ काठमाडौँ : अस्ट्रेलियामा महिनौ दिन हुँदा समेत त्यहाँ सुरु भएको डढेलो अझै नियत्रण मा आउन सकेको छैन। पछिल्लो समय केहि मत्थर रहेको उक्त डढेलो फैलिएर राजधानी नजिक आएपछि अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द गरिएको छ।
संसद् भवनबाट २० मिनेटको दूरीमा रहेको विमानस्थलका सबै उडानहरू रद्द गरिएका छन्।
बिहीवार तापक्रम बढेसंगै दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको छ।
बिमान दुर्घटना
डढेलो नियन्त्रण गर्ने क्रममा एउटा विमान पनि राजधानीबाट दुई किलोमिटर टाढा रहेको स्नोइ माउन्टेन्समा दुर्घटनाग्रस्त भएको समाचार छ । डढेलोको दृश्य सिनेमामा बम पड्किँदा जस्तो देखिन्छ
अर्कोतर्फ़ न्यू साउथ वेल्स रुरल फायर सर्भिसले बिहीवार दिउँसो एउटा ठूलो हवाई ट्याकङ्करसँग सम्बन्ध टुटेको पुष्टि गरेको छ।
गएको सेप्टेम्बरदेखि अस्ट्रेलियामा लागेको डढेलोका कारण ३० जनाको मृत्यु भइसकेको छ।
त्यहाँ एक करोड हेक्टरभन्दा बढी क्षेत्रलाई डढेलोले विनाश गरेको छ।
हालैका दिनमा भएको वर्षाका कारण डढेलोको सङ्ख्या आधा भएको छ। तर अग्नि नियन्त्रण अधिकारीहरूले थोरै वर्षाले अल्पकालीन समाधान मात्रै दिने र जोखिमपूर्ण अवस्था फर्कने बताएका छन्।
सिड्नीमा बिहीवार तापक्रम ४० डिग्री सेल्सीअस पुगेको छ।