इन्टरपोलका प्रमुखलाई १३ वर्ष जेल सजाय
इन्टरपोलका प्रमुखलाई १३ वर्ष जेल सजाय
९ माघ २०७६ एजेन्सी: इन्टरपोलका पूर्व प्रमुखलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई घुस लिएको आरोपमा १३ वर्ष जेल सजाय दिएको छ । पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको हो।
सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय परिवारको सम्पर्कमा आएका थिएनन् । पूर्व प्रमुख मङ खोङवे नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि मङको अवस्थाबारे चिन सरकारले सर्वत्र चासो व्यक्त गरेको थियो ।
चीन सरकारले भ्रष्टाचारको आरोपमा मङलाई पक्राउ गरिएको पुष्टि गरेको थियो । चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका पूर्व इन्टरपोल प्रमुख मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अदालत समक्ष स्वीकारेको चीन सरकारले बताएको छ ।
पूर्व इन्टरपोल प्रमुख मङले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग गर्नुका साथै परिवारको निकै खर्चालु जीवनशैलीका लागि राज्यकोषको अनुचित प्रयोग र कम्युनिस्ट पार्टीका सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाइएको छ । मङलाई पदीय मर्यादा विपरित घुस लिएको आरोपमा अदालतले १३ वर्ष छ महिना जेल सजाय गर्नुका साथै दुई लाख ९० हजार अमेरिकी डलर बराबरको जरिवाना तोकेको छ ।