चीनको वुहानमा सार्वजनिक यातायात बन्द,९० लाख मानिसलाई सहर बाहिर नजान निर्देशन
चीनको वुहानमा सार्वजनिक यातायात बन्द,९० लाख मानिसलाई सहर बाहिर नजान निर्देशन
९ माघ २०७६ काठमाडौँ : कोरोना भाइरस उग्र रुपमा फैलिएपछि चीनको ९० लाख मानिस बस्ने घना आवादी रहेकाे एक सहरकाे सार्वजनिक यातायात तथा उडान सेवा बन्द गराइएको छ ।
कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि उक्त भाइरसको संक्रमण सुरु भएको उहान शहरमा केहि दिनका लागी सार्वजनिक यातायात तथा उडान सेवा बन्द गरिएको हो ।
वुहान कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको एक सहर हो ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरसका कारण हुने निमोनियाबाट हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने ५०० जना संक्रमित भएका छन् ।
अधिकारीहरूले आउँदो चिनियाँ नयाँ वर्षका लागी ९० लाख जनसंख्या रहेको उहान शहर नछाड्न स्थानीयलाई अनुरोध गरेका छन् ।