नेपालले इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने
नेपालले इंग्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने
८ माघ २०७६ एजेन्सी: नेपालले मार्चमा इंग्ल्यान्डको ‘सी’ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाल राष्ट्रिय फुटबल टोलीले मार्चमा इंग्ल्यान्डको यू-२३ (सी) टिमसंग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलबाट लोरेन जोन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
नेपाल र इंग्ल्यान्डबिच होम एण्ड अवेको आधारमा दुई मैत्रीपूर्ण खेल हुनेछ। नेपाली टिम सन् २०२० को मार्चमा इंग्ल्यान्डको भ्रमणमा निस्कने छ । यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टिम नेपाल आउने छन् ।