राजनितीसमाचार

म गान्धीतिर हैन, झापड हान्दा मज्जा लाग्छ : दिपक मनाङ्गे

म गान्धीतिर हैन, झापड हान्दा मज्जा लाग्छ: दिपक मनाङ्गे

८ पुस २०७६ पोखरा : गण्डकी प्रदेशका प्रदेशसभा साम्सद राजीव गुरुङ उर्फ दिपक मनाङ्गेले आफु गान्धीबादी नभएको नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङले भ्रस्टाचार गरेको आरोप लगाएका छन् । साम्सद मनाङ्गेले मंगलबार मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा एन्फा कास्की अध्यक्ष गुरुङलाई झपड हानेका थिए ।

प्रहरीमा उजुरी दिनु अघि अध्यक्ष गुरुङले बुधबार पत्रकारसम्मेलन गरेर उजुरी दिने कुरा बताइरहंदा मनाङ्गेले पनि पत्रकार सम्मेलन गरेर एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा झाप्पद को बिषयमा कुरा सुरु गरेका मनाङ्गेले भने, ‘ठगलाई मैले झपड नहानेर मैले माला लगाइदिऊँ त ?’ यस्तो मान्छेलाई तपाईंहरुले पनि झापड हान्ने हो, मैले पनि हान्ने हो ।

गुरुङले भ्रष्टाचार गरेको भए कारबाही गर्ने निकाय छ नि भन्ने प्रश्नमा प्रदेशसभा सदस्य मनाङ्गेले भने, झापड पनि कानून हो । हिजो जनताले पूर्वप्रधानमन्त्रीलाई चप्पल हानेन । अनि मैले ठगलाई झपड हान्दा यत्रो ठूूलो विषय किन ?’

झापड हानेर ठीक गरें भन्न खोज्नु भएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मलाई एकदमै राम्रो लागेको छ । तपाईंलाई नराम्रो लागेको छ भने लेख्नुस् न यार ।’

पत्रकार हरुतिर प्रस्न सुरु गरेका मनाङ्गेले भने ‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन? अनि उत्तर पनि आफै दिदै भने, ‘राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *