खेलकुदफुटबलसमाचार

दिपक मनाङ्गेले यस कारण कास्की एन्फा अध्यक्षमाथि हानेका थिए मुक्का

दिपक मनाङ्गेले यस कारण कास्की एन्फा अध्यक्षमाथि हानेका थिए मुक्का

८ माघ २०७६ पोखरा : बर्षौ देखि अपराधिक दुनियामा चर्चित नाम हो दिपक मनाङ्गे । पछिल्लो समय राजनीतिमा प्रतक्ष रुपमै लागेपछि उनि झन् बिबाद मा आएका थिए। बिबादित बन्नु पनि स्वबभिक नै थियो गुन्डागर्दीको माहोल बाट आएको एक व्यक्ति राजनीतिज्ञ को रुपमा समाजसेवा कसरि गर्न सक्छ होला यहि प्रस्न सबैको मनमा थियो ।

सुध्राने मौका सबैले पाउनुपर्ने मनोविज्ञान हाबी हुँदा उनले आफ्नो पुरानो आचरण त्यागेर नया जिवन समाजसेवाका रुपमा समर्पित गर्न एक बिशेष मौका पाएका थिए। तर ज १२ बर्ष कुकुरको पुछार ढुंग्रामा राखेपनि बंगको बनगाई भनेझैं वर्षौदेखि लागेको गुण्डागर्दी गर्ने बानि गुण्डा नाइके भनेर चिनिएका उनै राजीव गुरुङले मंगलबार आफ्नो पुरानै गुण्डागर्दी शैली देखाए ।

गुणडगर्दीबाट टाढा रही जनतको सेवा गर्ने भनेर सपथ खाई गण्डकी प्रदेशको सांसद बनेका मनाङ्गेको पुरानै बानी पोखरामा देखिएको हो । सांसद मनाङेले अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका हुन् ।

कारण यस्तो

मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा असन्तुष्टि जनाउँदै उनले गुरुङमाथि हातपात गरेका हुन् । मनाङले मुख छाडेको र हातपातसमेत गरेको आरोप लागेको छ ।

मुक्का खाने गुरुङ सांसद्को व्यवहारविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन अघि दुईबीच भनाभन भएको थियो । सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आयोजकलाई प्रश्न गरेका थिए ।

मनाङबाट आएको टिमको खेल भोलिबाट छ । अघिल्लो दिन मंगलबारबाट मात्र होटलमा राख्ने व्यवस्था मिलाइएको थियो । यही विषयमा भनाभन हुँदै गर्दा सांसद मनाङेले आफूमाथि मुक्का र लात्ती प्रहार गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । लिगमा ९ टिमको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउँनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *