ला लिगा फुटबल आगामी जुन ११ देखि पुनः सुरु हुने
ला लिगा फुटबल आगामी जुन ११ देखि पुनः सुरु हुने
१७ जेठ २०७७ काठमाडौं : कोरोना संक्रमणका कारण रोकिएको स्पेनिस ला लिगा फुटबल आगामी जुन ११ देखि पुनः सुरु हुने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु बन्द रंगशालामा जुन ११ देखि हुने भएका हुन् ।
जुन ११ मा रियल बेटिसले सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ । आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने तय भएको छ ।
यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ ।
स्पेन सरकारले खेलकुद विभागले ला लिगा र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ) सँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति भएको जनाएको छ ।
स्पेनमा फुटबल लिगहरु गएको मार्च १२ देखि रोकिएका छन् । प्रधानमन्त्री पेद्रो सान्चेजले यसअघि खेलहरु जुन ८ देखि सुरु हुन सक्ने बताएका थिए ।