राजनितीसमाचार

गण्डकी प्रदेशसभा सांसद दीपक मनाङ्गे पक्राउ

गण्डकी प्रदेशसभा सांसद दीपक मनाङ्गे पक्राउ

९ माघ २०७६ काठमाडौं : गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको छ ।

उनलाई सार्वजनिक अपराध मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले बताउनुभयो ।

उनलाई अखिल नेपाल फुटबल संघ कास्की अध्यक्ष मिलन गरुङ्गलाई दुव्र्यबहार गरेको आरोपमा पक्राउ गरेको हो ।

मनाङ्गेले हिजो मात्र पत्रकार सम्मेलन गर्दै आफु गान्धीबादी नभएको अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङले भ्रस्टाचार गरेको आरोप लगाउदै आफुले झापड हानेको स्वीकार गरेका थिए।

मनाङ्गेले पत्रकार सम्मेलनमै आफुले झाप्पद हानेको भन्दै भनेका थिए, ‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन? ‘राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ।’