शालिकराम आत्महत्या प्रकरणमा रवि लामिछाने सहित तीनै जनाले पाए सफाइ
शालिकराम आत्महत्या प्रकरणमा रवि लामिछाने सहित तीनै जनाले पाए सफाइ
५ माघ २०७६ चितवन : केहि समय अघि चितवनको कंगारु होटेलमा आत्महत्या गरेका सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाइ चितवन जिल्ला अदालतले सफाइ दिएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।
लामिछानेलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो । यस अघि न्यायाधिस रावलको इजलासले लामिछाने ५ लाख र कँडेल ३ लाख धरौटीमा छाडेको थियो ।