समाज

मोटरसाईकल लुटेर भाग्दै गरेका लुटेरा पक्राउ

मोटरसाईकल लुटेर भाग्दै गरेका लुटेरा पक्राउ

२ माघ २०७६ डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट मोटरसाइकल लुटेर भागेका एक जनालाई जोगबुढा प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान परशुराम मेला भर्न गएका बेला पनपा–१० सालघाडीका शेरबहादुर कुँवरको म २ प ९४०६ नम्बरको मोटरसाइकल लुट्ने १८ वर्षीय अरुण नायकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

भीमदत्त नगरपालिका–९ कञ्चनपुर घर भएका मोटरसाइकल लुट्ने नायकले कुवँरको टाउकोमा हेलमेट प्रहार गरी घाइते समेत बनाएको इप्रका प्रहरी जोगबुढाका प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।