नेपाली टिमका फरवार्ड रेजिनले फुटबलको फाइनल खेल गुमाउने
नेपाली टिमका फरवार्ड रेजिनले फुटबलको फाइनल खेल गुमाउने
२४ मङ्सिर २०७६ काठमाडौँ: नेपाली टिमका फरवार्ड रेजिनले फुटबलको फाइनल खेल गुमाउने भएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज पुरुष फुटबलको फाईनल खेल गुमाउने भएका छन् ।
लिग चरणको श्रीलंका र बंगलादेश बिरुद्धको खेलमा पहेलो काड खाए पछि फाईनल खेल गुमाएका हुन् ।
रेजिन यु-१९ का कप्तान हुन् । उनको उनुस्पितिमा नितिन थापालाई मौका पाउने सम्भावना रहेको छ ।आजको खेल काठमाडौँको दशरथ रंगशालामा हुँदै छ । आजको खेल ३ बजे देखि सुरु हुँदै छ ।
भुटान दक्षिण एसियाको सबै भन्दा कमजोर टोलि हो । भुटान पहिलो पटक १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको (साग) खेल फुटबलमा भुटान फाईनलमा प्रवेश गरेको छ । नेपाल भने पाचौ पटक फाईनलमा प्रवेश हो । नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल पराजित गरेको थियो भने अन्तिम खेलमा बंगलादेशलाइ १-० ले पराजित गरेको थियो ।
पुरुष नेपाली टिमका गोलकिपरको रुपमा विकेश कुथु, अर्पण कार्की रहेका दीप कार्की छन् ।
डिफेन्डर तिर अनन्त तामाङ, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ र राजेश परियार रहेका छन् भने मिडफिल्डरका रुपमा सुजल श्रेष्ठ (कप्तान), सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाङ्म्बे र तेज तामाङ रहेका छन् । त्यसैगरी फरवार्डका रुपमा राजिव लोप्चन, अभिषेक रिजाल, रेजिन सुब्बा र प्रेजन तामाङ रहेका छन् ।