‘गर वा मर’को अवस्थामा रहेको भारतीय टिमलाई लग्यो ठुलो झट्का
‘गर वा मर’को अवस्थामा रहेको भारतीय टिमलाई लग्यो ठुलो झट्का
२ माघ २०७६ एजेन्सी: गर वा मर’को अवस्थामा रहेको भारतीय टिमलाई ठुलो झट्का लागेको छ । भारतीय विकेटकीपर ऋषभ पंतले दोस्रो वनडे खेल गुमाउने भएका छन् । भारतीय विकेटकीपर ऋषभ पंतलाई पहिलो वनडे खेलमा ब्याटिग गर्ने क्रममा बलले टाउकोमा चोट लगाएको थियो । टाउकोमा चोट लगाएको कारण गर्दानै ऋषभ पंतले दोस्रो वनडे खेल गुमाउने भएका छन् । ऋषभ पंतले तेस्रो वनडे खेल पनि गुमाउने सम्भावना रहेको छ ।
भारत बिरुद्ध अष्ट्रेलियाको दोस्रो वनडे खेल भोलि १७ जनवरीमा हुँदै छ । तेस्रो वनडे खेल १९ जनवरीमा हुँदै छ । भोलिको खेल्मा भारत पराजित भएको खण्डमा अष्ट्रेलियाले तीन ओडीआई खेलको सिरिज जित्ने छ । पहिलो वनडे खेल भारत १० विकेटले पराजित भएको थियो ।
भारतको लज्जास्पद हारमा अष्ट्रेलियाको कीर्तिमानको चाङ्ग
भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा अष्ट्रेलियाले दश विकेटको जित हात पार्यो । भारतले घरेलु मैदानमै बेहोरेको लज्जास्पद हार ऐतिहासिक रहन गयो ।
अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा भारतले दश विकेटको हार बेहोरेको यो पाँचौं अवसर हो । घरेलु मैदानमा भने उसको यो दोस्रो दश विकेटको हार हो । यसअघि उसले घरेलु मैदान इडन गार्डेनमा सन् २००५ मा दक्षिण अफ्रिकासँग दश विकेटको हार बेहोरेको थियो ।
अष्ट्रेलियाको लागि पनि यो जित ऐतिहासिक रहन गयो । भारतलाई दश विकेटले हराउँदा अष्ट्रेलियाले पाँचौं पटक दश विकेटको जित हात पार्यो । बङ्लादेशलाई सन् २००७ को विश्वकप क्रिकेटमा दश विकेटले हराए यता अष्ट्रेलियाका लागि दश विकेटको यो पहिलो जित हो ।
अष्ट्रेलियाले बिना कुनै विकेटको क्षतिमा पछ्याएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो । दक्षिण अफ्रिकाले यसअघि बङलादेशले प्रस्तुत गरेको २७९ रनको लक्ष्य बिना कुनै विकेटको क्षतिमा पुरा गरेर ऐतिहासिक कीर्तिमान बनाएको छ । सन् २०१७ को उक्त खेलमा दक्षिण अफ्रिकाले बिना कुनै विकेटको क्षतिमा अहिलेसम्मकै ठूलो लक्ष्य पछ्याएको जित हो ।
अष्ट्रेलियाका लागि देवीड वार्नर र आरोन फिञ्चले २५८ रनको अविजित साझेदारी गर्नुभयो । जुन भारत विरुद्ध अष्ट्रेलियाको कुनै विकेटको लागि अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि जर्ज बैली र स्टिभ स्मिथले सन् २०१६ मा पर्थमा भारत विरुद्ध नै २४२ रनको साझेदारी गर्नुभएको थियो ।
वार्नर र फिञ्चले गर्नुभएको २५८ रनको साझेदारी भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि गैरी कस्र्टन र हर्सेल गिब्सले सन् २००० मा कोचीमा जोडदा भारतमा अहिलेसम्मकै उच्च साझेदारी थियो ।
अष्ट्रेलियाका दुबै जना ओपनर ब्याट्सम्यानले शतक लगाउनुभएको यो दोस्रो अवसर हो । यसअघि एडम गिलक्रिष्ट र साइमन कैटिचले श्रीलङ्का विरुद्ध सन् २००६ मा शतक लगाउनुभएको थियो । भारत विरुद्ध भने विपक्षी टोलीका दुबै ओपनर ब्याट्सम्यानले शतक लगाएको यो पहिलो अवसर हो ।
भारत र अष्ट्रेलियाबीचको पहिलो एकदिवसिय खेलमा भारतले प्रस्तुत गरेको २५६ रनको लक्ष्य अष्ट्रेलिया बिना कुनै विकेटको क्षतिमा २५८ रन बनाएर पुरा गर्यो ।
अस्ट्रेलियन टिम: आरोन फिंच (कप्तान), एश्टन एगर, एलेक्स केरी, पैट कमिंस, पीटर हैंड्सकॉम्ब, जोश हेजलवुड, मार्नस लाबुशेन, केन रिचर्डसन, डार्सी शॉर्ट, स्टीव स्मिथ, मिचेल स्टार्क, एश्टन टर्नर, डेविड वॉर्नर, एडम जाम्पा.
भारतीय टिमः विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, केदार जाधव, रिषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदीप यादव, नवदीप सैनी, शार्दुल ठाकुर,जसप्रीत बुमराह र मोहम्मद शमी ।
ऑस्ट्रेलिया बिरुद्ध भारतको खेलतालिका
पहिलो खेल – १४ जनवरी 2020 -१:४५ ( भारत १० विकेटले पराजित )
दोस्रो खेल – १७ जनवरी 2020- १:४५
तेस्रो खेल – १९ जनवरी 2020 – १:४५
लाइभ कसरी हेर्ने ?
अस्ट्रेलिया बिरुद्ध भारतको प्रत्यक्ष प्रसारण नेपालमा स्टार स्पोर्ट्सबाट हेर्न सकिन्छ ।